कुकुरले जस्तै खुट्टा उचालेर जथाभाबी खुल्ला ठाउँमा पिसाब गर्नेलाई प्रहरीले यसरी उठबस गरायो

Uthbas_Rajbiraj_Police_Final
२८ भदौ, सप्तरी । तपाई सार्वजनिक स्थलमा जहाँ पायो त्यहीं पिसाब गर्नुहुन्छ ? यदि त्यसो गर्नुहुन्छ भने अब सचेत हुनुहोस् । किनभने सार्वजनिक स्थलमा पिसाब फेर्नेलाई त्यही स्थानमा सबैका सामु कान समातेर उठबस गर्ने अभियान शुरु भएको छ ।

सप्तरी जिल्लामा सार्वजनिक स्थलमा जथाभावी पिसाब गर्ने विकृती रोक्न जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थलमा पिसाब फेर्नेलाई सबैका सामु कान समातेर उठबस गराउने अभियान शुरु गरेको हो ।

सार्बजनिक स्थलमा पिसाब गर्नुहुन्न भन्ने बुझाउन गरिएको जनचेतना प्रभावकारी नभएपछि जिल्ला प्रशासनले त्यस्ता व्यक्तिहरुलाई सचेत गराउन यस्तो अभियान शुरु गरेको हो ।

‘जहाँ पायो त्यहीं पिसाब फेर्ने बानीको विकास हुँदै गएपछि सचेत गराउने काम थालिएको छ,’ सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले भने, ‘महिला भएकै ठाउँमा पनि लाज पचाएर पिसाब फेर्नेहरु देखिएकाले सचेत बनाउने अभियान शुरु गरेका हौं ।’

सार्वजनिक ठाउँमा पिसाब गरेको भेटिए प्रहरीले त्यहीं ठाउँमा कान समातेर उठबस गर्न लगाउने गरेका छन् ।

यो अभियानलाई जारी राख्ने सहायक प्रजिअ अर्यालले बताए । राजविराज नगरपालिका कार्यालय छेउँमा, रुपनी मोड लगायत ठाउँमा सार्वजनिक शौचालय भएपनि सेवाग्राही तथा स्थानीयहरुले शौचालयकै छेउँमा खुल्ला रुपमा पिसाब गर्ने गरेका छन् ।

बिशेषगरी नगरपालिका कार्यालयको आसपास, राजविराज रंगशाला, अदालत क्षेत्रसहित राजविराज शहरको विभिन्न ठाउँहरुमा खुल्ला पिसाब गर्नेहरुको लाइन लाग्ने गर्छ । यस्तो  लाइनमा स्थानीय व्यापारीहरु समेत मिसिने गरेका छन् ।

खुल्लारुपमा पिसाब फेर्नाले सो क्षेत्र वरपर दुर्गन्ध फैलिएको छ ।

, ,

0 comments

Write Down Your Responses