सुख्खा पहिरोमा परि गोरखामा १५ जना यसरी पुरिएको आशंका !
गोरखा, उत्तरी गोरखाको केरौजामा आज विहान गएको पहिरोमा परी ठुलो सख्ंयामा ट्रेकिङमा गएका पर्यटकको टोलीलाई पहिरोले पुरेको छ । यसको विस्तृत विवरण भने आउन बाँकी नै छ ।
तातोपानी देखी दोभान सम्म पुग्ने बाटोमा पर्ने हुलचुकको भिरबाट खसेको पहिरोले उत्तरी गोरखा जादै गरका विदेशी पर्यटक र तिनका नेपाली सहयोगीहरु पहिरोमा बेपत्ता भएका हुन ।
पहिरो गएको सूचना प्राप्त हुनासाथै नेपाल प्रहरीको टोली तातोपानी र जगत बाट उक्त स्थानका लागि गै सकेको प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिए । प्रहरी अहिले सम्म पनि उक्त स्थानमा पुग्न सकेको छैन ।
उत्तरी गोरखा गएको ति सबै पर्यटक र सहयोगी हिजो केरौजाको खोर्ला बेशीमा रहेको साग्रीला होटलमा बास बसेर बिहान मात्र हिडेका थिए । घटनामा परी १५ भन्दा बढी बिदेशी र केही नेपाली बेपत्ता भएको आशंका गरीएको छ ।

0 comments
Write Down Your Responses