भारतीय एसएसवी र स्थानीय बिच झडप, एक दर्जन भन्दा बढि नेपाली घाइते

Communist Party of India supporters are dragged away by Indian Police at a protest in New Delhi, India, Monday, July 5, 2010. Transportation ground to a halt and businesses were closed Monday in many parts of India following a one-day strike by the main opposition parties to protest a government-imposed hike in fuel prices.(AP Photo/Mustafa Quraishi)
सिमाबर्ति बजार मटिहानीमा भारतीय एसएसवी  स्थानीयबीच सोमबार दिउँसो झडप हुँदा एक दर्जन भन्दा बढी स्थानीय घाईते भएका छन्।

मधवापुरबाट सिमेन्ट ल्याउने विषयमा भारतीय एसएसवी र स्थानियबीच भएको विवाद झडपमा परिणत भएको थियो। मधवापुरबाट सिमेन्टको वोरा ल्याउने क्रममा एसएसवीले बोरा रोकेर च्याति दिए पछि डिउटीमा खटेका एसएसवीका जवान र सिमेन्ट लिएर आएका युवकबीच हातहालाहाल भएको थियो।

त्यस लगतै नजिकै रहेको एसएसवी क्याम्पबाट आएका प्रहरी जवानहरुले अन्धाधुन्ध बुट र बन्दुकको कुन्दाले स्थानीयलाई कुटपिट गरेका थिए।

एसएसवीको कुटाईबाट मटिहानी ७ का गणेश चौधरी र महेश महतो सहित एक दजर्न स्थानीय घाईते भएको मटिहानी प्रहरी चौकीले जनाएको छ।

झडपको क्रममा ज४प ८६१८ र ज२प ८०५६ नम्वरको मोटरसाईकल समेत क्षतिग्रस्त भएको छ।  मटिहानीबाट गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलिले सम्झाईवुझाइ गरेपछि समस्या समाधान भएको थियो। नागरिक न्युजमा खबर छ ।

, ,

0 comments

Write Down Your Responses