जीवन थापा, मगर भन्ने थाहा पाएपछि न्याय दिलाउन मगर समाजको अभियान यसरी शुरु हुदै !

एम बर्तमान राना
भाद्र ६, काठमाडौं । अघिल्ला खबरहरुमा जिबन थापाको बारेमा एकतर्फी मात्र खबर आईरहेको हुदा जिबान को हो कहाको हो के गर्थ्यो ? कसका छोरा हुन् ? बाआमा के गर्थ्यो ? केहि थाहा थिएन । सबैले गाली र गौलाजको निच भाषा प्रयोग गर्ने र मिडियाहरुले पनि जोयाको मात्र खबर प्रसारण गरिरहेको अबस्थामा म पनि त्यस्तै सोचिरहेको थिए । जिबन थापा कोहि एक अमुक व्यक्ति होला र बिदेशी विबहा गर्यो पाल्न सकेन बिचारा तिनले दुख पाई अब गयो ठुलो मुक्ति मिल्यो । मैले यहि नै सोचिरहेको थियो । अर्को कुरा उनि मगर हुन भन्ने सोचेको पनि थिएन । जब मलाई फोन आयो जिबन थापाको स्थायी ठेगाना सोलुखुम्बु र उनि मगर हो र चितवन प्रसासन, राज्य र चितवनमा रहेको एक संस्थाले उनि र उनको परिवारमाथि घोर अन्याय गरेको भनेर जानकारी जब उसको आफन्तबाट थाहा पाए तब तुरुन्त जिबनको आमा र मामाको मोबाईल नम्बर खोजि पत्ता लगाई कल गरि आबश्यक जानकारी लिए । जसबाट खुलस्त हुन आयो कि जिबन र जीवनको परिवारमाथि ठुलो अन्याय भएको पाए र तुरुन्तै खबर बनाई मैले पोस्ट गरे । 

आजसम्म आई पुग्दा मैले नेपाल मगर संघ केन्द्रिय समितिका महासचिब ज्ञानेन्द्र पुन (९८५१०१६७१३) ज्यु लाई कल गरि मगर संघको आधिकारिक धारणा आउनु पर्ने र सत्यतथ्य बुझेर अन्यायमा परेको जिबन र उनको परिवारलाई न्याय दिलाउन अनुरोध गरे पछी वहाले सकारात्मक उत्तर दिनु भयो र वहाले तुरुन्तै चितवन मगर संघका अध्यक्षलाई सत्यतथ्य बुझ्न अनुरोध गरेको जानकारी गराउनु भयो र सम्भवत भोलि ७ गते साँझसम्ममा आधिकारिक धारणा आउने बताउनु भएको छ । हिजो ८ बजे अपलोड गरेको खबरले अहिले सम्म ५ लाख पचास हजार भन्दा बढीले उक्त खबर अध्यान गरेको छ र हजारौं प्रतिक्रिया कल, कमेन्ट आएको छ । जसबाट म सार्है दुखि भएको बिषय के हो भने संसार भर रहेको नेपालीहरु प्रति अन्य देशको नागारिकहरुले गर्ने ब्यबहार, नेपाली प्रतिको सोचमा यस घटना पछी नकारात्मक रुपमा बढेको पाईएको छ । 

जुन नेपाल र नेपालीको लागि सार्है दुखको बिषय हो । यस बिषयमा रास्ट्रका जिम्मेवार निकाय र व्यक्तिहरु उदासिन रहेको पाईयो । विश्वमा नेपालीहरु मिजाशिला, सहयोगी, अनुसासित, जिम्मेवार, कर्तब्य परायण भनेर चिनिदै आएकोमा एका एक यस घटना पछी फटाहा बेइमान अनुसासनहिन भनेर विशेषण लाग्यो । यो रास्ट्रको लागि पनि चिन्तनीय कुरा थियो । म यस दुधकोशी मिडियाको सम्पादक तथा वनर महेश कुमार राना मगरलाई संसारका सबै देशबाट सयौं कल आयो । प्राय सबैको गुनासोको बिषय अहिले बिदेशीहरुले यहि जोयाको बिषय जोडेर हामीलाई हेप्ने र अपशब्द प्रयोग गर्ने गरेको बताए अझ फिलिपिनोहरुले त औला ठड्याएर नै गालि गर्ने थुक्ने निच शब्द प्रयोग गर्ने सम्मको ब्याबहार गरेको गुनासो सुन्नमा आयो । 

यो अत्यान्त गम्भीर बिषय हो रास्ट्रको अपमान हो अत यस बिषयमा जिम्मेवार निकाय र व्यक्तिहरुले बेलैमा सहज प्रक्रिया अपनाउनु पर्ने देखिन्छ । अब न्याय दिलाउने अभियानमा म लगायत साथीहरु सरिक छन अत जोया र मगरको पुनर मिलनको अभियानमा साथ र सहयोग गर्न पनि अपिल गर्दछु । 

जीवन थापा मगर निर्दोष रहेको र उनि माथि अन्याय गरेको प्रमाण 
-घरजम गरेर बसेको ५ बर्ष भन्दा बढी भएको छ दुइ छोरा छन तर कहिल्यै झगडाको केस लिएर कुनै समाज चौकीमा गएको रेकर्ड छैन 
-संस्थाले बाटोबाट उठाएको भनेर हल्ला फिजाए पनि जोया र दुइ छोरालाई कोठाबाट नै लागेको पाईएको छ  
-आदर्श संस्थामा आफ्ना श्रीमती जोया र छोरा लिन दशौँ चोटी आदर्श संस्थामा आमा पूर्णमाया मगरसंगै गएको पाईएको छ तर संस्थाले अबैधानिक गैरकानुनी काम भन्दै भेट्ने नदिने र उल्टै गालि गरेर फर्काउने गरेको पाईएको छ 
-चितवनबाट छुट्ने बेला १० औं मिनेट अन्कामाल गरेर आफ्ना बच्चा हरुलाई अंगालेर रुएको र आमा पनि रूएको बताईएको छ
-अन्तरास्ट्रिय विमानस्थलमा बिदाई हुदा पनि जोयाले जिबन थापा मगर माथि कुनै रिस, आवेग, गालि गरेको छैन बरु नेपाल छोड्नु परेको पिडामा आशु बगाउदै फेरी नेपाल आउने बताईएका थिए 
-जोया र बच्चाको स्थिति हेर्दा कुनै उत्पीडनमा परेको देखिन्न 
-सामाजिक संजाल मिडिया लगायतका ठाउहरुमा जिबन थापा मगरमाथि अप शब्द, गालि, निच शब्द, भौतिक कारबाही काट्ने मार्ने जस्ता कुराको दरले जिबन लुकेर बसेको र कुनै कुरा बाहिर ल्यान नसकेको देखिन्छ जसमा त्रास फैलाउने काम संस्थाले गरेको देखिन्छ जस्तै यत्रो समय जन्म दर्ता, विबहा दर्ता, नाता प्रमाणित कागजात नहुनु र त्यसैलाई आधार बनाएर गैर कानुनि र अबैधानिक काम गरेको र कारबाही भागीदार हुनु पर्ने आरोप जिबन र परिवारलाइ लगाउनु

यी सबैबाट जिबन र जिबनको परिवार अन्यायमा परेको छ र म यो न्युज अपलोड गरि सके पछी चितवन जादैछु र त्यहाको बस्तु स्थिति हेरेर थप प्रमाण पेश गर्नेछु न्यायको लडाईमा तपाईहरुको साथ् सहयोग अपेक्षा गर्दछु -सम्पादक 

सम्पर्क को लागि 
दुधकोशी  मिडिया 

, ,

0 comments

Write Down Your Responses