प्रेम सम्बन्धकै कारण ग्याङफाइटदेखि मृत्युसम्म, यसरी भयो क्षेत्रपाटीमा फिल्मजस्ताे लाग्ने घटना

 
काठमाडौं । परिवारको एक्लो छोरो थिए सुशान्त श्रेष्ठ । बाबु सामान्य व्यापारी, आमा निजी अस्पतालको कर्मचारी ।   आम्दानी राम्रै थियो । छोरालाई आँखाको नानीमा राखेर हुर्काए दम्पतीले । सँगसँगै हुर्कदैं थियो सपना– छोराले राम्रो पढ्ला, ठूलो बन्ला १ सपना पूरा गर्न हरसम्भव प्रयास गरिरहेकै थिए उनीहरुले ।   ती सपना अचानक चकनाचुर हुन पुगे । श्रेष्ठ दम्पतीको जिन्दगी अँध्यारोमा डुब्न पुग्यो । आइतबार उनहिरुले एक्लो छोरा सुशान्तलाई सधैंका लागि गुमाए ।   

अरुणेदय माविबाट कक्षा १२ को परीक्षा दिएर बसेका सुशान्त केही दिनयता अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका थिए । साताअघि किशोर समूहबीचको झडपमा गम्भीर घाइते थिए उनी ।   प्रहरीका अनुसार साउन ९ गतेको झडपमा सुशान्तमाथि कुटपिट भएको थियो । उनकै उमेरसमूहका १९ जनाले उनीमाथि आक्रमण गरेका हुन् ।   महानगरीय प्रहरीवृत, लैनचौरले घटनामा संलग्न ११ जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको छ । आठ जना अझै फरार रहेको वृतका डिएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।   
प्रहरीका अनुसार सुशान्तसँग प्रेमसम्बन्धमा रहेकी किशोरीका कारण उत्पन्न विवाद झडपमा परिणत भएको थियो । ती किशोरी पहिले सौरभ श्रेष्ठसँग सम्बन्धमा थिइन् ।   मनमोहन मेमोरियल कलेजबाट कक्षा १२ कै परीक्षा दिएर बसेका सोरभसँग सम्बन्ध टुटेपछि उनी डल्लु बस्दै आएका सुशान्तसँग नजिकिएको प्रहरी अनुसन्धानमा देखिएको छ ।   तर, किशोरीले पुनः सौरभसँग सम्बन्ध बढाइन् । त्यसपछि सुशान्तको किशोरी र सौरभ दुवैसँग तनावपूर्ण सम्बन्ध सुरु भयो ।   ‘ब्रेकअपपछि सुशान्तसँग सम्पर्कमा आएको किशोरीले फेरी सौरभसँग सम्पर्क बढाएपछि उत्पन्न विवादले हत्याजस्तो जघन्य अपराध भएको देखिन्छ,’ र्डिसपी राठौरले भने, ‘झडपमा संलग्न दुवै समूहका करिब ३५ जना सबैले मदिरा सेवन गरेका थिए ।’   

सुशान्त र सौरभबीच झगडा सुरु भएको सातादिन नाघिसकेको थियो । दुवैले एकअर्कालाई सिध्याउने धम्की दिन थालेका थए ।   त्यसयता दुवै जना १२–१५ जनाको समूह बनाएर हिँड्न थालेका थिए । प्रहरीका अनुसार त्यस दिन सुशान्त साथीहरुसँग ठमेलस्थित एउटा क्लबमा मदिरा सेवन गरी निस्किएका थिए ।   क्षेत्रपाटी पुग्नासाथ सौरभको टोलीसँग भेट भयो । धेरै दिनदेखि एकअर्कासँग भिड्ने योजनामा रहेका दुवै समूहबीच मुक्कामुक्की सुरु भइहाल्यो । लगातार प्रहारले सुशान्त भुँइमा ढले ।   उनको समूहका सबै जना भागाभाग भए । एक्लिएका सुशान्तमाथि सौरभको समूहले लात, घुस्सा र इँटा बर्साइरह्यो । यो क्रम करिब दुई मिनेट चल्यो ।   प्रहरी तत्काल घटनास्थल पुग्यो । 

घाइते सुशान्तलाई क्षेत्रपाटी अस्पताल पु¥यायो । सौरभ समूह भागिसकेको थियो । घाइतेलाई अस्पताल पु¥याए लगत्तै आक्रमणमा संलग्नको खोजी थालिएको डिएसपी राठौरले बताए ।   उनका अनुसार गम्भिर अवस्थाका सुशान्तलाई क्षेत्रपाटी अस्पतालले तत्काल अन्यत्र लैजान रिफर गरेपछि उनकै आमा कार्यरत टेकुस्थित काठमाडौं अस्पताल लगियो । जोगाउने हरसम्भव प्रयास विफल भएपछि चिकित्सकले आइतबार अपरान्ह उनलाई मृत घोषणा गरेका थिए ।  आजको नागरिक दैनिकमा खबर छ ।

,

0 comments

Write Down Your Responses