धनकुटा दुर्घटनामा माओवादी नेता एवम् पूर्वमन्त्री खेवा सहित ७ जनाको मृत्यु


धनकुटा, तेह्रथुम, साउन १३ । धनकुटाको परेवा गाउँ विकास समिति वडा नम्बर–५ सिधुवामा यात्रुबहाक बस दुर्घटना हुँदा पूर्वअर्थ राज्यमन्त्री हरिराज खेवासहित ७ जनाको मृत्यु भएको छ ।

तेह्रथुम र धनकुटाको सीमावर्ती सिधुवाबजारनजिकै विहीबार दिउँसो भएको यात्रुबस दुर्घटनामा पूर्वअर्थ राज्यमन्त्री खेवासहित ७ जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । दुर्घटनामा २५ जना घाइते भएको र उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बुझिएको छ ।

मृतकहरुमध्ये खेवाकोमात्र सनाखत भएको हो । खेवा नेकपा माओवादी केन्द्र धनकुटाका इन्चार्जसमेत थिए ।मृतकमध्ये ३ पुरुष, ३ महिला र एक बालिका रहेकी छन् । संखुवासभाको मुढेशनिश्चरेबाट धरान आउँदै गरेको बा२ख ७३६६ नम्बरको बस सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा रहेका ट्राफिक प्रहरी डिकबहादुर कार्कीकाअनुसार घाइतेहरुलाई उपचारका लागि धरान लगिएको छ । बसमा ३२ देखि ३५ जनासम्म यात्रु रहेको प्रहरीले जनाएको छ ।

,

0 comments

Write Down Your Responses